चङ्गा रहेछ्न जनता
लट्टाइँ रहेछ सत्ता सरकार
लट्टाइँ आफ्नो हाथमा लिन
तंछाड मछाड,रस्साकस्सी
गर्छन हाम्रा यी नेता भनांउदाहरु
सपना बांड्दै चङ्गाहरु उंडाएर कहिले
सिङ्गापुर र स्विजरल्यान्ड पुर्याउंछन
कहिले उंडाउदै आकाश पुर्याउंछन
कहिले फुंइ हान्दै माटो मैं झार्छन
चैट हुँदै आएका छन बिबश चङ्गाहरु
बर्मामा,मलायामा,फक्ल्यान्ड्मा,
कश्मिरमा,खाडी मुलुकहरुमा
यस्तै अरु ज्ञात,अज्ञात ठाउंहरुमा
कहिले उसको हाथमा लट्टाइँ
कहिले अर्कोको हाथमा लट्टाइं
कहिले पालै पालो लट्टांई हाथमा
चङ्गा उंडाउन दोस्त दुश्मन साथमा
उदेश्य त केबल लट्टाइं कब्जा हो
चङ्गाको अबस्था जस्तो सुकैहोस
स्वार्थको लागि चङ्गा जुधाउनु छ
हर हालतमा आफुले नै उंडाउनु छ
या,खाडिको गर्मीमा चङ्गा छ्ट्पट्टावोस
त्यसैले नेताहरुको लागि त देश-देश हैन
देश त रमाइलो दशैं हो, हर दिन मनाउने
हो ,नेतालाई यो देश दशैं हो
सत्ता -सरकार लट्टाइँ हो
जनता केबल चङ्गा हो
जनताको लागि देश दसा हो।
निरंकुशताको देवी दाहिने होउन
अत्याचार र भ्रष्टाचारको प्रभुको
संधै आशिर्वाद मिलोस
न्यायको आंखामा अझ
बाक्लो पट्टि बांधियोस
शासकलाई शुभकामना"