झुल्के घाम सङ्गै

किरणका न्यानोहरुले

मेरा पाइलाहरु तयार हुन्छन
र,बिहानी सङ्गै अघि बड्छन
बढ्दै जान्छन पाइलाहरु
बढ्दै जान्छन ढुक्ढुकिहरु
चराचुरुङ्गिको बिहानी गायनले
कर्ण सङ्गै आनन्दित हुन्छ मन
पाइलाहरुको गतिशिल निरन्तरता सङ्गै
क्रमशः सिथिल हुन खोज्छन् पाइला
निधारमा टल्किन थाल्छन थोपाहरु
मुटुको चालमा आउन थाल्छ तिब्रता
विश्राम खोज्छ सिथिल यो तन
उर्जा र उत्साहले भरिन्छ यो मन
बिहानिको यो नित्य हिंडाइले गर्छ
दिनको बन्द ढोकामा ढक्ढक
यो बिहानी हिंडाइले चुकुल खोल्छ
निस्कन्छ सक्रीय दिनको स्वागत गर्न
एउटा सफल दिन हो एउटा इंट्टा
एउटा सफल जिन्दगी निर्माणको लागि
धन्यबाद बिहानी हिंडाई