बिहान

चिया-कफि पिउने साथहरु छैनन
सांझ,
सुर-सुरा थमाउने हाथहरु छैनन

हो,आज सम्म मेरो कुनै समूह छैन
समुह-जहाँ म सृजनाहरु सुनाउंछु
अनि,वाह!वाह!र तालिहरु पांउछु
त्यसै गरि अरुको पनि पैंचो गांउछु
जान्न म सभा,गोष्ठि र समारोहहरुमा
न म कहिं अतिथी न सम्मानित
न पत्र पत्रीकामा न संग्रह प्रकाशित
छैन साहित्यको गहिरो अध्यन
आफू,घर,समाज,देश- बिदेश पढ्छु
पोखी दिन्छु अनुभुतीहरु
लेखी दिन्छु भावनाहरु
थाह छैन मलाई सांच्चै
ती कबिता भए कि भएनन?
के म आफुलाई कवि मानुं?
के म आफुलाई कवि भनुं?
ए!बालन्द भाइ!के म......हो?