पोल्टा भरी

रेस्टुरेन्ट र लजहरु थापेर


छाती भरी
टायरका डोबहरु खोपेर
दिन रात
बिच बाटोमा यात्रीहरु कुरेर
कहिले पूर्ब पश्चिम
आँखा झिम्काउँदै
कहिले उत्तर दक्षिण 
माया निम्ताउँदै
कुखुराका भालेले 
बिहान ब्युँझाउँदैन यहाँ
बस ट्रकका हर्न बास्छ्न्
कानमा माछाको रिङ्ग लगाई
औंलाहरुमा आलुचप सजाई
बियर, व्हिस्की मदिराको स्नान
मिस्ठान्न भोजनको क्रीम पाउडर
स्वागत अनि बिदाई गर्न
दिनरात पाहुना हजार
सजिएर गर्दै थरीथरी श्रृङ्गार
संधै तरुनी देखिने प्रयासमा
मस्त र ब्यस्त 'मुग्लिङ बजार'