"निर्बस्त्र नव महाराजहरु"

 गाली गरौं

आफ्नै मुखको बेइज्जत
थप्पड हानौं
आफ्नै हाथको बेइज्जत
लात्तीले भकुरौं
आफ्नै खुट्टाको अबमुल्यन
यस्तै भनेर सहिरहयौं धेरै बर्ष
पाइला पाइलामा थाप्दै गए
करका थरी थरी एम्बुसहरु
हानी रहे ताकी ताकी छातिमा
अत्याचारका गोलिहरुले
देखाइरहे निर्लज्ज भएर
भ्रष्टाचारका घृणित खेलहरु
उनिहरु आफैलाई थाह छ
उनिहरुहरुलाई पुर्ण आभाष छ
Surendra Rana

उनिहरु निर्बस्त्र छ्न भनेर
औंलाईदिनु पर्दैन कुनै बालकले
महाराज बस्त्रहिन होइसिन्छ भनेर
बिरालोलाई कोठामा थुनेर हान्न खोजे
प्रतिरक्षामा उ तिम्रो घाँटी थिच्न आउँछ
धेरै गुम्सिएको बारुद आफै पड्किन्छ
तिम्रो आदेशमा अरुतिर सोझिने बन्दुक
कुनै दिन हेर तिमी तिरै पड्किन सक्छ
होश गर अब निर्बस्त्र नव महाराजहरु
त्यो दिन अब टाढा छैन,धेरै टाढा छैन?